‘देश ठिकठाक छैन, प्रधानमन्त्रीलाई दबाव दिइरहेका छौँ’

|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याउने षड्यन्त्र किमार्थ स्वीकार्य नभएको बताएका छन्। 

समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘अहिले प्रतिगमनको कुरा उठेको छ। प्रतिगमन भनेको राजा ल्याउने हो। राजालाई ल्याउने षड्यन्त्र भइरहेको छ त्यो किमार्थ स्वीकार्य छैन। हामीले समस्या समाधानमा लाग्नुपर्छ।’

उनले आफूहरूको पाँच दलीय गठबन्धन देशभक्ति र लोकतन्त्रको सवालमा बनेको दाबी गरे। एमालेले गरेको अर्को गठबन्धनलाई दक्षिणपन्थीहरूको शक्ति भएको टिप्पणी गरे। 

देशमा मूल्यवृद्धिको समस्याले जनता समस्यामा परेको भएकाले समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिए। 

उनले भने, ‘देश ठिकठाक छैन। देश डुब्न लाग्यो किनारा लगाइदेउन भनेर संसदमा भनेको थिए। अहिले पनि अवस्था त्यस्तै चिन्ता भएको छ। मूल्यवृद्धिको मारमा जनता परेका छन्। तेलको मूल्य फेरि बढाउने कुरा आएको छ। हामीले छलफल गरेर जनतालाई राहत कसरी दिनुपर्छ भनेर भनेका गठबन्धनको बैठकमा प्रधानमन्त्रीलाई भनेका छौँ।’

भ्रष्टाचार नियन्त्रण गर्न गठबन्धनको सरकार कटिबद्ध रहेको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.