काठमाडाैं : राप्रपा नेपालले तीन जनालाई पार्टीकाे प्रवक्ताका रुपमा चयन गरेकाे छ। साे दलमा यस अघि नै बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य प्रवक्ताका रुपमा कार्यरत छन्।
अध्यक्ष कमल थापाले आज पार्टीको जिम्मेवारी हेरफेर गर्दै साे निर्णय गरेका छन्।
उनले पार्टी विधान बमोजिम केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीलाई कोषाध्यक्ष, केन्द्रीय सदस्य नरप्रसाद थापालाई सह–महामन्त्री र केन्द्रीय सदस्य श्री बिक्रम बमलाई प्रवक्ता पदमा मनोनयन गरेका हुन्।
प्रवक्ता आचार्यले आज एक विज्ञप्ति जारी गर्दै पार्टीकाे जिम्मेवारी हेरफेरकाे जानकारी गराएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।