|

 काठमाडौं : वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभर हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै  आफ्ना जहाज र हेलिकप्टर नचलाउने बताएका हुन्।

विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टर राति काठमाडौं बाहिरका विमानस्थलमा पार्किङ गर्नुपर्ने सरकारी निर्णयको विरोध गर्दै बुधबार उडान बन्द गर्न लागेका हुन्। सरकारको घोषणा चित्त नबुझेका कारण उडान बन्द गर्नुपर्ने अवस्था आएको संघको भनाइ छ।

सरकारसँग ५ बुँदे माग राख्दै बन्द गर्न लागेको संघले जनाएको छ। विमानस्थल सेवा शुल्क २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ, पार्किङ,नेभिगेशन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पहिलाकै कायम गर्नुपर्ने, दीर्घकालीन हेलिप्याड मर्मत सम्भारका लागि ह्याङ लगायतका भौतिक संरचना निर्माणका लागि स्थान उपलब्ध गराउनुपर्ने, त्रिभुवन विमानस्थल परिसरमा विमान सेवा कम्पनीहरूले निर्माण गरी हवाइसेवाका लागि स्थान संरचनालाई यथावत् राख्न, पार्किङका लागि अन्यन्त्र नगई त्रिभुवन विमानस्थलमा पाउनुपर्ने लगायतका माग राखेका छन्। 

सरकारको घोषणा चित्त नबुझेका कारण बन्द गर्नुपर्ने अवस्था आएको संघको भनाइ छ। बाध्यात्मक रूपमा यो संघसँग आबद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीले प्रदान गर्दै आएका आपत्‌कालीन उद्धार लगायत नियमित उडान ८ असारबाट स्थगित गरिने विज्ञप्तिमा उल्लेख छ।

सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकिदिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.