रिफर सेन्टरको आरोप लागेको अस्पतालमा एक वर्षमा ९२ गर्भवतीको शल्यक्रिया

|

पर्वत : आवश्यक स्रोत र साधनको अभावमा केही वर्ष अगाडिसम्म नागरिकको तर्फबाट ‘रिफर सेन्टर’ को ‘ट्याग’ पाएको पर्वत अस्पतालले पछिल्लो समय नागरिकको मन जित्दै गएको छ।
सामान्य बिरामीलाई समेत थप उपचारको लागि पोखरा ‘रिफर’ गर्ने गरेको अस्पतालमा पछिल्लो एक वर्षमा ९२ जना गर्भवतीको शल्यक्रिया गरेर शिशु जन्माइएको छ।

अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार गत वर्षको साउन १ गतेदेखि हालसम्म सामान्य प्रसूतिबाहेक जटिल अवस्थाका गर्भवतीको शल्यक्रिया गरेर बच्चा जन्माइएको छ। अस्पतालमा साना खालका शल्यक्रिया भने दिनहुँ भइरहेको बताउँदै उनले अस्पतालमा थपिएको सुविधा र दक्ष जनशक्तिका कारण पर्वतसहित आसपासका जिल्लाका गर्भवतीहरू पनि पर्वत अस्पतालमा नै आउने गरेका छन्।

‘पर्वत जिल्लाबाहेक अन्य जिल्लाका गर्भवती तथा अन्य बिरामीहरू पनि यहाँ आउनुभएको छ। अस्पतालमा भित्रिएको आधुनिक प्रविधि र शल्यक्रिया गर्न सक्ने डक्टरसहितको टिम रहेकोले अहिले सि।एस। ९शल्यक्रियाबाट बच्चा निकाल्ने पद्धति० वा सामान्य शल्यक्रियाका लागि पोखरा जानु परेको छैन’, उनी भन्छन्, ‘एपेन्डीसाइटिस, हाइड्रोशील र हर्नियाका शल्यक्रियाहरू सि।एस। बराबर नै भएका छन्। अस्पतालका शल्यक्रियामा नागरिकको यति धेरै विश्वास बढेको छ कि यही विश्वास कसरी जोगाइराख्नेरु’

अस्पतालमा भइरहेका गर्भवती शल्यक्रियाको नेतृत्व गर्दै आइरहेका डा डिबी क्षेत्रीले अस्पतालले नयाँ भवनबाट सेवा दिएको भए पनि सरकारले आवश्यक जनशक्ति नदिँदा अस्पतालमा चुनौती बढेको बताउँछन्।

विभिन्न सामाजिक संस्थाहरूबाट करोडौँका आधुनिक प्रविधियुक्त सामग्रीहरू प्राप्त भएको भए पनि जनशक्तिकै अभावमा प्रयोगविहीन रहेको बताउँदै ती सामग्रीहरू प्रयोगमा आउँदा अस्पतालको सेवा झनै प्रभावकारी हुने उनको भनाइ छ। १५ शय्या क्षमता रहेको अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाउन लागेको भए पनि जनशक्तिका कारण समस्या भएको डा क्षेत्रीले बताए।

‘गर्भवतीको शल्यक्रियाका लागि पोखरा पुगेर धेरै खर्च गर्नुपर्ने पर्वतवासीको बाध्यताको अन्त्य भएको छ। यहाँ सम्भव नै नहुने केस भए गर्भ जाँचको बेलामा थाहा हुन्छ। आइसियू र भेन्टीलेटर चाहिने भएमा बाहिर जान सुझाव दिन्छौँ, नत्र हामीले सक्ने केसमा कसैले पनि बाहिर जाने दुःख पाउन र खर्च गर्न नपरोस् भनेर लागिरहेका छौँ’, उनले भने, ‘यसैको नतिजाले होला झन्डै एक सय जनाको शल्यक्रिया भयो। त्योबाहेक नर्मल्ली डेलिभरी भएकाहरूको संख्या धेरै छ।’

अहिले ओपिडीमा दैनिक २ सय जनाको स्वास्थ्य परीक्षण, दैनिक करिब २० जनालाई भर्ना, करिब ३० जनालाई आकस्मिक सेवा, साना ठूला गरी झन्डै १ हजार शल्यक्रिया, २४ सै घण्टा ल्याबको सुविधा, हेमोडाइलाइसिस र हरेक दिन विशेषज्ञ सेवासहित एनएसआई, छात्रवृत्ति करार, समिति करार, स्थानीय तहका कर्मचारी करार लगायतका कारण अस्पतालको उपलब्धि देखिएको डा। क्षेत्रीको भनाइ छ।

अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले अस्पतालमा कार्यरत डाक्टरले आफ्नै पत्नीको शल्यक्रिया आफैँले पर्वत अस्पतालमा गरेर आम नागरिकमा विश्वास दिलाएको बताउँदै जनशक्ति र प्रविधिको व्यवस्थापनको लागि प्रदेश र संघीय सरकारलाई घचघच्याउने काम गरिरहेको बताउँछन्। पछिल्ला केही वर्षमा अस्पतालले मारिरहेको फड्कोलाई कायम राख्न माथिका सरकारले नै ध्यान दिनुपर्ने उनको भनाइ छ।

‘शल्यक्रियादेखि मिर्गौलाको डायलासिससमेत यहाँ गर्ने गरिएको छ। तर थोरै जनशक्ति निकै खटेर जनताको सेवामा लागेका कारण सम्भव भएको हो। माथिबाट दरबन्दी नदिएका कारण हामीसँग भएका भेन्टिलेटर पनि यत्तिकै बसिरहेको अवस्था छ’, गिरी भन्छन्, ‘अस्पतालको कोषबाट त्यो मेनपावरलाई पाल्न सकिने अवस्था रहँदैन। माथिबाट दरबन्दी दिएको छैन। पोखरा जानुपर्ने बाध्यतामा रहेका बागलुङ, म्याग्दी र मुस्ताङका बिरामीलाई पनि पर्वत पायकको स्थान हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.