|

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३ सदस्यीय खेलकुद विश्वविद्यालय कार्यदल गठन गरेको छ।

खेलकुदको समग्र विकासका लागि खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको हो।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुव बहादुर प्रधानको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको राखेपले जनाएको छ।

सदस्यसचिव टंकलाल घिसिङले कार्यदललाई आज पत्र हस्तान्तरण गर्दै कार्यदलमा विज्ञ र अनुभवीहरु रहेकाले आफूले धेरै आशा गरेको बताए। उनले  योजनालाई कार्यान्वयन तहमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने समेत दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.