|

काठमाडौं : अष्ट्रेलिया विरुद्धको एकदिवसीय क्रिकेट घरेलु टोली श्रीलंकाले जितेको छ। 

कोलम्बोमा गएराति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ४ रनले हराएको हो। जितसँगै श्रीलंकाले पाँच खेलको सिरिज एक खेल अगावै ३–१ ले जितेको छ।

श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको हो।  

श्रीलंकाले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा अलआउट हुँदै २ सय ५४ रन मात्र बनाउन सक्यो। अष्ट्रेलियाका लागि डेभिड वार्नरले ९९ रनको अर्धशतकीय इनिङ खेले। श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले २/२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ५८ रन बनाएको थियो। श्रीलंकाका लागि चारिथ असलन्काले १ सय १० रनको शतकीय इनिङ खेले। धनन्जय डी सिल्भाले ६० रनको अर्धशतकीय इनिङ खेले।

अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र पाट कुमिन्सले २/२ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.