|
सौजन्यः मनबहादुर खत्री

रुकुम (पूर्व) :  वरिपरि हिमाल, अग्लो पहाडमा गुप्त दह। रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ को अग्लो पहाडमै छ अनौठो सानो र ठूलो गुप्त दह।

अग्लो पहाडमा अवस्थित गुप्त दह भएकाले हिउँदयाममा गुप्त दह समेत पूरै हिउँले ढपक्क हुन्छ। लाग्छ यो कुनै कुशल चित्रकारले कोरेको अब्बल चित्र हो। देख्ने जो कोहीलाई लाग्छ शायद धर्तीको स्वर्ग यही हो।

दहसम्म पुग्न उकालो चढ्दा लाग्छ कि कति गाह्रो, कति अप्ठेरो ! जब दहको किनारमा पुगिन्छ, उकालो चढ्दा उडेको अनुहारमा एकाएक अनुपम आनन्दको रंग भरिन्छ। गुप्त दहको डिलमा बसेर हेरिरहँदा एकपटक आफैंलाई चिमोटूँ झैं हुन्छ,‘यो सपना हो कि विपना।’

यहाँ बसेर दह र दहलाई वरिपरिबाट अँगालोमा बेरेर बसेका हिमालको दृश्य देख्दा जसको भनाइ हुने गर्छ,‘यति सुन्दर रैछ र पो सितिमिति यहाँ हेर्न साइत नजुरेको हो कि?'

जिल्लाकै प्रख्यात सिस्ने हिमालको छायाँ गुप्त दहमै टलक्क टल्किने गर्दछ। त्यसले झनै दहको सुन्दरता र मनमा आनन्दको त के बयान गरौँ र? आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य हो, गुप्त दह। रुकुमपूर्व जिल्लाको गुप्त दह जिल्लाकै सबैभन्दा उचाइमा रहेको ठूलो बाह्रैमासे दह हो।

चलिरहने हावाको वेगले लहरिने पानीको छालले तपाईंलाई रोमाञ्चक तुल्याउनेछ र यी दृश्यमा एकाकार भईरहँदा तपाईंले आफैंलाई भुल्नुहुनेछ। न घर सम्झनुहुनेछ, न भाइबन्धु। न धन सम्पत्ती न ऋणभार। न सुख-सयल, न दुःख-कष्ट। सबैकुरा भुल्नुहुनेछ। अनि यो मोहक जलकुण्डको सौन्दर्यमा एकोहोरिनुहुनेछ।

(हेर्नुहोस् केही तस्वीर)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.