|

काठमाडौँ : सत्ता गठबन्धन बाहिर रहेका नेकपा एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनले आज माइतीघरमा हातमा ब्याड लिएर प्रदर्शन गरेका छन्।

हाल भइरहेको रासायनिक मलको अभाव, रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै उनीहरूले संयुक्त किसान आन्दोलन गरेका हुन्। प्रदर्शनका क्रममा प्रदर्शनकारीले हातमा धानको बीउ बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए।

उनीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, बढ्दो महँगी लगायतका विषयमा पनि नारा लगाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.