|

काठमाडौं : लागुऔषध दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौं तारकेश्‍वर नगरपालिका-५ लोलाङस्थित गंगाजमुना फार्मेसी संचालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका-१ स्थायी वतन भएका २२ वर्षीय राज कुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्‍वर नगरपालिका-५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार रहेका छन्।

गंगाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधीहरू बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टाेलीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो।

साथै फार्मेसीबाट स्पास्पेन ४ सय ५० ट्याब्लेट,  ट्रमा २ सय ४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल प्रहरीले बरामद गरेको छ। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुली बजार काठमाडौंमा पठाइएको  छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.