|
फाइल फोटो

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरू भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। बैठक एक घण्टादेखि जारी रहेकाे उनले बताए।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धनका शीर्ष नेताहरू सहभागी छन्।

बैठकमा स्थानीय तहको निर्वाचनको समिक्षा, प्रदेश र संघको निर्वाचनको तयारी, मन्त्रीपरिषद् हेरफेर लगायत समसामयिक बिषयमा छलफल भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.