|

लण्डन : बेलायतमा हजारौं रेल कर्मचारीले तलब बढाउनुपर्ने र काम गर्ने वातावरणमा सुधार गर्नुपर्ने माग राख्दै मंगलबार हडताल गरेका छन्। यो ३० वर्षयताकै ठूलो रेल हडताल भएको बताइएको छ। हडतालका कारण देशभर रेल सेवा अवरुद्ध भए।

दशौं हजार कर्मचारी तलब र जागिरको विवादमा हडतालमा उत्रिएपछि बेलायती अर्थतन्त्रमा व्यापक क्षति पुग्ने देखिएको छ।

हडताल स्थगित गराउनका लागि भएको अन्तिम वार्ता पनि सफल नभएपछि नेशनल युनियन अफ रेल मारिटिम (आरएम टी) रेल युनियनका ४० हजारभन्दा बढी सदस्यहरू तीन दिनको हडतालमा उत्रिएका हुन्।

आज बुधबार भने हडताल छैन। आज पनि वार्ता हुन नसके भोलि बिहीबार र शनिबार पुनः हडताल हुनेछ।

प्रधानमन्त्री बोरिस जन्सन दशकौंको सबैभन्दा कठिन आर्थिक संकटको सामना गरिरहेका बेलायती परिवारलाई मद्दत गर्न थप दबाबमा छन्। यो आन्दोलनले व्यवसायलाई नोक्सान पुर्‍याउनेछ। बेलायती नागरिकले महामारीको संकट र अप्ठेराबाट पूर्णरूपमा बाहिर निस्कने प्रयास जारी राखेका छन्।

बेलायतको रोजगारी बजार अहिले समस्याग्रस्त छ। त्यहाँ पर्याप्त कामदार छैनन्। महँगी आकाशिएपछि तलबले गुजारा नचल्ने भएपछि कर्मचारीहरूमा असन्तुष्टि बढिरहेको छ। महँगी बढेअनुरूप तलब नभएपछि शिक्षक, नर्स र अन्य कामदारले पनि यस्तै खालको हडताल गर्न सक्ने सम्भावना बढेको छ।

आगामी मंसीरमा बेलायतमा महँगी थप बढेर ११ प्रतिशतमाथि उक्लिने अनुमान गरिएको छ। आफू हडताल गर्न तयार रहेको सार्वजनिक क्षेत्रका १३ लाख कामदारको प्रतिनिधित्व गर्ने संगठन यूनियनले बताएको थियो ।

युनियनहरूले भनेका छन्‚ ‘रेल हडतालले शिक्षकहरू, चिकित्सकहरू, फोहोर विसर्जन गर्ने कामदारहरू र वकिलहरू पनि आन्दोलनमा उत्रने संकेत दिएका छन्।  खाद्यान्न र इन्धनको मूल्य बढेकोले मुद्रास्फीति १० प्रतिशतमा धकेल्छ।

‘बेलायती कामदारलाई तलब वृद्धि चाहिएको छ’‚ आरएमटीका महासचिवले भनेका छन्।

‘उनीहरूलाई जागिरको सुरक्षा, सभ्य सुरक्षित अवस्था र सामान्यतया कामको वर्गअनुसारको सम्झौता चाहिन्छ, यदि हामीले प्राप्त गर्न सक्छौं भने हामीले बेलायती अर्थतन्त्रमा अवरोध गर्नुपर्दैन। हामीले अहिले जुन तलब पाएका छौं‚  त्यसमा सुधार हुनुपर्छ र नपाएमा आन्दोलन हुन्छ।’

विवाद समाधानका लागि वार्तामा आउन नमानेको भन्दै प्रतिपक्षी सांसदले सरकारको आलोचना गरेका छन्। 

कर्मचारीहरूले तलब ७ प्रतिशतले बढाउनु पर्ने माग गरेका छन्। रोजगारदाताहरूले भने अधिकतम ३ प्रतिशतले मात्रै तलब बढाउने बताइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.