|

विराटनगर : विद्युतीय टेम्पाे (सिटी सफारी) चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएकाे छ।

बुधबार दिउँसो करेन्ट लागेर सुनिता चौधरीको मृत्यु भएको हाे।

विराटनगर महानगरपालिका–१२ बखरीमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा ३३ वर्षीय चौधरीको मृत्यु भएको हो।

को १ ह ३०३ नम्बरको सफारी चार्जमा लगाउने क्रममा दिउँसो २ बजेतिर करेन्ट लागेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि कोसी अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषित गरेको थियो।

प्रहरीका अनुसार घटनाका बारेमा थप अनुसन्धान थालिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.