|

हेटौँडा : मकवानपुरको भीमफेदी कारगारमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ।

लागुऔषध मुद्दामा भीमफेदी कारागारमा तीन वर्षदेखि कैद भुक्तान गरिरहेका हेटौँडा–२ का मिलन परियारको मृत्यु भएको हो।

३४ वर्षीय परियारलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि स्वास्थ्य चौकीले हेटौँडा अस्पताल रिफर गरेकाे थियो।

उपचारको लागि हेटौँडा अस्पताल ल्याउने क्रममा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हालसम्म उनको पोष्टमार्टम नभएकाले के कारणले मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.