|

काठमाडौं : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियू बेडहरूको खरिद प्रक्रिया कानूनसम्मत नै भइरहेको प्रष्टीकरण पारेको छ।

प्रतिष्ठानले बुधबार विज्ञप्ति जारी गर्दै खरिद प्रक्रिया कानूनसम्मत नभएका समाचार आइरहँदा जनमानसमा भ्रम परेको भन्दै प्रक्रिया कानूनसम्मत रहेको दाबी गरेको हो।

प्रतिष्ठानले आइसियू बेड खरिद प्रक्रिया सर्वोच्च अदालतको आदेशअनुसार नै भइरहेको दाबीसमेत गरेको छ। साथै सिकिस्त बिरामीको बढ्दो चाप प्रतिष्ठानको आइसियू क्षमताले धान्न नसकेर अन्यत्र रेफर गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रतिष्ठानका अनुसार प्रदेश १, मधेश प्रदेशलगायत छिमेकी भारतको सीमावर्ती क्षेत्रबाटसमेत गरी दैनिक ४ हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.