|

विराटनगर : मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोराले आफ्नो बुवाले प्रयोग गर्ने गाउँपालिकाको गाडी तोडफोड गरिदिएका छन्। गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतीले आफ्नै बुवाले प्रयोग गर्ने गाडी मंगलबार तोडफोड गरिदिएका हुन्।

गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमै तोडफोड भएको थियो। बजेट निर्माणलगायत, विभिन्न समिति बनाउने विषयमा गाउँपालिकाकै भवनमा मंगलवार दिनभर छलफल भएको थियो।

नेपाली काँग्रेसबाट बहुमतसहित निर्वाचित अध्यक्ष गच्छदारले एमालेबाट निर्वाचित वडा अध्यक्षलाई कार्यपालिका भित्रका विभिन्न समितिको जिम्मेवारी नदिएको विषयमा विवाद हुँदा बैठक लम्बिएको थियो।

के भन्छन् अध्यक्ष गच्छदार?

अध्यक्ष गच्छदारले  छोराले नै गाडीको सीसा फुटाएको स्विकारेका छन्। उनले जोसुकैले गाडि फुटाए पनि कारबाही गर्ने बताएका छन्। ‘गाउँपालिकाका सबै मेरा लागि छोराछोरी जस्तै हुन्‚ मैले सबैलाई सम्मान व्यवहार गर्नुपर्छ’, उनले भने‚ ‘अहिले उपाध्यक्ष वडाअध्यक्षहरूसँग छलफल गरेर के कारबाही गर्ने भन्ने विषयमा निष्कर्षमा पुग्छौं।’

गाडी तोडफोडको विषयमा पत्रपत्रिकाबाट जानकारी पाए पनि कारबाही गर्न कुनै पत्र नआएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.