|

काठमाडौंः अनुप बरालको निर्देशनमा बनेको फिल्म 'दोख'को दोस्रो टिजर सार्वजनिक भएको छ। बुधबार युट्युब मार्फत सार्वजनिक टिजरमा मुख्य कलाकार मनिष निरौला र दिया मास्के देखिएका छन्। 

माओवादी द्वन्द्वकालको परिवेशमा बनेको फिल्ममा द्वन्द्व र प्रेमको कथा देखाइनेछ। फिल्मको दोस्रो टिजरले मनिष र दियाको प्रेमको पाटो देखाएको छ। फिल्ममा मनिष र दिया बाहेक लोकमणि सापकोटा, माओत्से गुरुङ, सुरज मल्ल लगायत कलाकारको मुख्य भूमिका छ। 

यसअघि फिल्मको एउटा टिजर र 'वन चरी' बोलको गीत सार्वजनिक भइसकेको छ। नेपथ्यका अमृत गुरुङको आवाजमा रहेको गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। गुरुङले पहिलोपटक फिल्मका लागि गीत गाएका हुन्। 

राजन कठेतले लेखेको फिल्मलाई सविन ज्ञवाली र मनोज अधिकारीले निर्माण गरेका हुन्। फिल्म असार २४ देखि प्रदर्शनमा आउँदैछ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.