|

काठमाडौं : शिक्षा सेवा आयोगले नौ जिल्लाबाट २० जना शिक्षकलाई सहसचिवस्तरमा बढुवा गरेको छ। 

कार्यसम्पादन मूल्याङकनका आधारमा आयोगले शिक्षकहरुको माध्यमिक तह प्रथम श्रेणी अर्थात सहसचिवको स्तरमा बढुवा गरेको हो।

आयोग बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेश, पोखराले लमजुङबाट एकजना, बागलुङबाट दुईजना, तनहुँबाट तीनजना, स्याङजा दुईजना, नवलपरासी  (सुस्ता पूर्व) एकजना, पर्वत एकजना, कास्की पाँचजना, म्याग्दी तीनजना, मुस्ताङ दुईजना शिक्षकलाई बढुवा गरेको आयोगको प्रकाशित सूचनामा उल्लेख छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.