|

कञ्चनपुर : बेलौरी नगरपालिका ५ रामनगरमा मोटरसाइकल राँगा गाडासँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

अर्का एक घाइते भएका छन्। मोटसाइकल पछाडि बसेका २२ वर्षीय शंकर राना घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानबहादुर भण्डारीका अनुसार पुनर्वास नगरपालिका १ गणेशबस्तीका अन्दाजी २४ वर्षीय विश्राम रानाकाे मृत्यु भएको हाे। रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बायाँ हातको हड्डी भाँचिएकाशंकरको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.