|
फाइल फोटो

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार नेताले सामूहिक राजीनामा दिएका छन्। पूर्व पोलिटब्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका हुन्। 

राजीनामा दिनेमा पुनसहित पूर्व केन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य ले सामूहिक राजीनामा दिएका हुन्।

कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। 

यसअघि पनि नेता धर्मेन्द्र बास्तोला समूहले पार्टीबाट विद्रोह गरेर नेकपा (बहुमत) पार्टीका गठन गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.