‘निर्वाचन माओवादीका लागि जीवन-मरणकै लडाइँ हो’

|
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम नआएको बताएका छन्। 

ललितपुरमा पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा उनले वामपन्थी आन्दोलनको पहिलो र देशको दोस्रो पार्टी बन्छ भन्ने आंकलन गरेको भएपनि असफल भएको बताए।

प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचनमा सोचेको जस्तो पार्टीको पक्षमा परिणाम आएन। गठबन्धन र पार्टीको मेहनत अनुसार १७०-१७५ सिट आउँछ भन्ने लागेको थियो। एमाले पनि १६०-१७० तिर झर्छ भन्ने लागेको थियो। तर, हामी १२२ सिटमा सीमित भयौँ।’

उनले आगामी निर्वाचन आइसकेको हुनाले निर्वाचनको तयारीमा लाग्न निर्देशनसमेत दिए। 

उनले भने, ‘अरुले हामीले ल्याएको संघीयता र संविधान उल्टाउन चाहेका छन्। हामीले त्यसको रक्षा गर्न आवश्यक छ। निर्वाचन माओवादीका लागि जीवन र मरणकै लडाइँ हो। त्यसकारण सबै संगठन विस्तारमा लाग्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.