|

काठमाडौं : ५ वर्षीय बालिका बलात्कार गरेको अभियोगमा बाराका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गएराति इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराको टोलीले जितपुर सिमरा उपमहानगरपालिका २२ चकरीका १८ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको हो।

ती किशोरले बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको खबर प्रहरीले पाएको थियो। किशोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.