|

सेनेगलका लिभरपुल स्टार साडियो माने अन्तत: अब बार्यन म्युनिखमा आबद्ध भएका छन्। मानेले बार्यनसँग ३५ मिलियन पाउन्डमा तीन वर्षको सम्झौता गरेका हुन्।

सम्झौतासँगै अब व्यावसायिक रूपमा म्युनिखबाट मानेले करिअर अघि बढाउने पक्का भएको छ।

लिभरपुलले अतिरिक्त ६ मिलियनसहित बार्यनबाट ३२ मिलियन युरो प्राप्त गर्नेछ। जसमा टिमको उपलब्धि र व्यक्तिगत प्रदर्शनका आधारमा ३ मिलियन युरोसमेत रहनेछ।

सेनेगल फर्वाडका लागि यसअघि बार्यनले गरेका दुई प्रस्ताव भने लिभरपुलले अस्वीकार गरेको थियो। तर, तेस्रो प्रस्ताव भने लिभरपुलले स्वीकार गरेको हो। बार्यन अनुबन्धनसँगै ३० वर्षीय मानेले भने 'यो चुनौतीका लागि सही समय हो। मलाई सुरुवातबाटै यो ठूलो क्लबमा इन्ट्रेस्ट रहँदै आएको छ। त्यसैले मेरो दिमागमा कुनै प्रकारको शंका छैन।'

माने २०१६ मा लिभरपुलसँग जोडिएका थिए। उनी ३४ मिलियन पाउन्डमा साउथहेम्टनबाट लिभरपुल पुगेका हुन्। उनले लिभरपुलका लागि २ सय ६९ खेलमा १२० गोल गरे। जहाँ उनले गत सिजनमात्रै २३ गोल गर्दै क्लबलाई उपाधि होडमा अब्बल बनाउन उत्कृष्ट योगदान दिएका थिए।

मानेको सहयोगमा लिभरपुलले यस सिजनको च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने सेनेगलले पहिलोपटक अफ्रिकन कप अफ नेसन्सको उपाधि उचालेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.