|

काठमाडौँ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को प्रतिनिधि मण्डल र काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहबीच भेटवार्ता भएको छ।

बिहीबार भएको भेटवार्तामा स्मार्ट सिटी अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माण लगायतका विषयमा छलफल भएको  थियो। 

गत वर्ष नै टेण्डर आव्हान गरी बनाउन लागेको सार्वजनिक शौचालय कलंकी सडक विस्तार गर्दा जग्गा अधिग्रहण भएपछि स्थगित भएको  थियो। यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा एनआरएनएले दुईवटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको महानगरले गर्नू पर्ने एनआरएनएका अध्यक्ष कुल आचार्यले बताए। 

एनआरएनएका उपाध्यक्ष महेश श्रेष्ठले काठमाडौँ सिटीलाई स्मार्ट सिटी बनाउन सहकार्य र समन्वय गर्न संघ हरदम तयार रहेको बताए। मेयर साहले काठमाडौंलाई कला संस्कृति र सम्पदाको शहरको रुपमा संसारभरि चिनाउन संघलाई आग्रह गरेका थिए।

सार्वजनिक शौचालय बनाउन जग्गा उपलब्ध गराउने र  व्यवस्थापनका लागि पनि महानगरपालिका सकारात्मक रहेको उनले बताए।  

उनले कुकुर तिहारलाई विशेष पर्वको रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न आग्रह गरे। गैर आवासीय नेपाली संघको योजनाहरु कार्यान्वयन महानगरपालिकाको सिटी प्लानिङ टीमसँग सहकार्य गर्न एनआरएन लाई आग्रह गरे।

मेयर शाह र उनको टिमसंग सहकार्य गर्न संघ उत्साहित रहेको आचार्यले बताए। उक्त भेटघाट कार्यक्रममा एनआरएनए युरोप संयोजक चिन्तामणि सापकोटा, एनआरएनए आईसीसी सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक  रमेश काफ्ले लगायत एनआरएनए अभियनताहरुको उपस्थिति रहेको थियो।

संघका अध्यक्ष आचार्यले ललितपुर महानगरसंगको समन्वयमा संघले शंखमुल पार्क निर्माण गरी ललितपुर महानगरपालिकालाई नै हस्तान्तरण गरेको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.