|
तस्विर–बालेन साहको फेसबुकबाट

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नुवाकोटको सिसडोलमा लिचेटको दीर्घकालीन समाधानका लागि उपयुक्त प्रविधिमार्फत व्यवस्थापन गर्नेगरी योजना तयार गरिरहेको बताएका छन्।

नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानले सिसडोलबाट संकलित लिचेटको परीक्षणपश्चात त्यसमा घुलित पदार्थ हटाउन विभिन्न रसायन, विधि र मात्रा निर्धारण गरिरहेको उनले जानकारी दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै साहले लिचेटको फरक–फरक अनुपातमा विभिन्न मात्राको 'एडजरर्वेन्ट'हरूको प्रयोग गर्दा प्रभावकारी काम गरेको प्रारम्भिक नतिजा आएको दाबी गरेका छन्।

बर्खा भएकाले लिचेट पानीको मात्रा प्रशस्त भएर पातलो हुने र खोलामा पनि पानीको मात्रा धेरै हुने भएकाले तत्कालको लागि नर्कट लगायतका बिरुवा उमार्ने र थप फिल्टर गरेर खोलामा मिसाउनेगरी योजना बनाइरहेको पनि बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.