|

महोत्तरी : सदरमुकाम जलेश्वरस्थित कारागारमा एक कैदीको मृत्यु भएको छ ।

महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का  ८० वर्षीय राजकरण यादवको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव गएराति २ बजे एक्कासी बेहोश भएका थिए। 

उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि अस्पतालमा राखिएको बताइएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.