|

काठमाडौं : एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा युएईविरुद्ध नेपालले बलिङ गरिरहेको छ।

मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि युएई ब्याटिङ गरिरहेको छ।  ताजा अवस्थामा ८ ओभरको समाप्तिमा युएईले तीन विकेट गुमाएर ३५ रन बनाएको छ। नेपालका अस्मिना कर्माचार्यले २ विकेट र सिता रानामगरले एक विकेट लिएका छन्। 

आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ। युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ। अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।

च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ। फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.