|

हेटौंडा : बागमती प्रदेशको एक मात्रै उपमहानगर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि दुई अर्ब ७० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।

शुक्रबार उपमहानगरपालिकाले ११औँ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै छ। मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले पारित गरिसकेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबारको नगरसभामा प्रस्तुत गर्न लागेको हो। शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदलाई प्राथमिकतामा राखेको उपमहानगरपालिकाले दुई अर्ब ७० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको जनाइएको छ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा विगतको अधुरा योजनाहरुलाई पूरा गर्ने लक्ष्य लिएको छ। आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेटमा हेटौंडाको ३ वटा वडाको शहरी स्वास्थ्य केन्द्रलाई ल्याब र मेडिकल अधिकृतसहितको सुविधा प्रदान गर्ने जनाएको छ। गाउँपालिकासँग सिमाना जोडिएका हेटौंडाका शहरी स्वास्थ्य केन्द्रहरूलाई सो सुविधा प्रदान गरेर नागरिकको स्वास्थ्य उपचार गर्ने उपमहानगरपालिकाले तयारी गरेको उपमहानगरको प्रवक्ता सविन न्यौपानेले बताए। सडक, पुल, भवन लगायतको पूर्वाधार निर्माणमा पनि उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा काम गर्ने बताइएको छ।

आगामी आर्थिक वर्षको लागि उपमहानगरपालिकाले कुल विनियोजित बजेटमा बजेटमा १९ वटै वडाले पाउने रकम बढाएर सिलिङ तोकेको थियो। आगामी आर्थिक वर्षमा उपमहानगरले पाँच करोड ७० लाख रुपैयाँ बजेट बढाएर वडा तहको सिलिङ तोकेको हो। पुरानो बजेट सिलिङले विकास निर्माणको काममा असहज भएको भन्दै नगर प्रमुख मीनाकुमारी लामाले सबै वडाको सिलिङमा प्रतिवडा ३०÷३० लाख रुपैयाँका दरले वृद्धि गरेकी थिइन्। बजेट सिलिङ थप गरेसँगै हेटौंडा उपमहानगरपालिकाले १९ वटै वडाका लागि ३६ करोड ५० लाख रुपैयाँ बजेट पठाएको थियो। चालु आर्थिक वर्षहरूमा उपमहानगरका वडाहरुले गरेको कार्यक्रम तथा योजनाहरूको कार्यान्वयनको आधारमा बजेट सिलिङ थप गरेर पठाइएको मेयर लामाले बताइन्।

हेटौंडाका १९ वटै वडाका लागि वडा व्यवस्थापन र विविध व्यवस्थापनकातर्फ पनि ९५÷९५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईका अनुसार वडाहरुमा कुल ३८ करोड ४० लाख रुपैयाँको बजेट सिलिङ रहेको भए पनि ३६ करोड ५० लाख रुपैयाँ बराबरको मात्र बजेट सिलिङ तयार गरी पठाइएको छ। हेटौंडा उपमहानगरपालिकाले वडा नम्बर १८ मा दुई करोड २५ लाख र वडा नम्बर १९ भने दुई करोड ५० लाख रुपैयाँको बजेट सिलिङ दिएको थियो।

त्यस्तैगरी, उपमहानगरपालिकाले वडा नम्बर १, १२, १३, १४ ,१५, १६ र १७ मा दुई करोड १० लाख रुपैयाँका दरले र वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र ११ लाई एक करोड ८५ लाख रुपैयाँको दरले बजेट सिलिङ तोकेर दिएको थियो। उपमहानगरको वित्तीय समानीकरण, राजश्व बाँडफाँड संघीय सरकार, राजस्व बाँडफाँड प्रदेश सरकार र आन्तरिक स्रोतमा २५-२५ प्रतिशत बजेट सिलिङ रहेको छ।

त्यसैगरी, वडा र विविध व्यवस्थापनका लागि वडागतरुपमा ५÷५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले बताए। जसमा वडागत रुपमा आन्तरिक स्रोतबाट ४६ लाख २५ हजार रुपैयाँदेखि ६५ लाख रुपैयाँको दरले बजेट सिलिङ तयार गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.