|

पर्वत : आजभोलि सामाजिक सञ्जालहरूमा दर्शक बढाउनका लागि मानिसहरूले जोखिमको ठाउँ खोज्दै त्यहीँ ठाउँमा नाच्दै, गाउँदै, खेल्दै गरेका फोटो र भिडियोहरू ‘पोस्ट’ गरिरहेका हुन्छन्।

 यस्ता कैयौँ घटनाहरू भएका छन् जुन टिकटकका लागि भिडियो ‘सुट’ गर्दागर्दै कोही भिरबाट, कोही पुलबाट त कोही रुखबाट खसेका छन्। यसरी दुर्घटनामा परेका कतिपयको उद्धार भएको छ, कतिपय अंगभंग भएका छन् त कोहीको मृत्यु पनि भएको छ।

सामाजिक सञ्जालका लागि भिडियो खिच्दा बाहेक मान्छे प्राकृतिक विपद्‍मा परेर पनि खोँच तथा खोल्साहरूमा खस्ने र फस्ने गरेका धेरै घटनाहरू सुनिने गरेका छन्। यस्ता घटना हुँदा सामान्यतः आम नागरिकले राम्रो उद्धार गर्न नसक्ने अवस्था पनि रहन्छ।

 उद्धारका लागि आवश्यक सीप, सामग्री र समूह कार्यको आवश्यकता हुन्छ। यस्ता घटनामा परेकाहरूको उद्धार तीनै दक्ष सुरक्षाकर्मीहरूले गर्दै आएका छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको आयोजनामा केही विशेष काम र आत्महत्याको सिलसिलामा खोँच वा भिरमा फसेका घाइते तथा मृतकको उद्धारका लागि यस्तै खालको अभ्यास कार्य सम्पन्न भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा उद्धारको पूर्व तयारी गर्दै उद्धारको ‘डेमो’ समेत प्रस्तुत गरिएको हो।

वर्षाको समयमा बाढी पहिरो लगायत अन्य प्रकारका विपद्मा त्यस्ता ठाउँमा जान अझै बढी जोखिम हुन्छ।

आम नागरिकहरूले विपद्को समयमा के गर्ने, विपद्को समयमा सम्बन्धित निकाय बिच कसरी समन्वय गर्ने र विपद्लाई कसरी न्यूनीकरण गर्ने भन्ने जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो। खोँचमा खसेकालाई उद्धार गरेको ‘डेमो’ प्रस्तुत गर्दा विवाहको लागि घर परिवारले सहमति नदिएपछि भिरबाट हाम फाली आत्महत्याको  प्रयास गरेका एक प्रेमी जोडीको उद्धार गरी अस्पताल पठाइएको कथा वस्तुलाई नाटकीय रूपमा प्रस्तुत गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.