|
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल। फाइल तस्वीर

धनगढी : सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री प्रकाश रावलले योजना छनोटमा बदमासी गरेको पाइएको छ। सुदूरपश्चिम सरकारको आगामी आव ०७९/८० को वार्षिक कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रमा दर्जनौं मन्दिरका योजना पठाएका हुन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयमातहत रहेको सामाजिक विकास कार्यालय कञ्चनपुरमार्फत कार्यान्वयन हुने दर्जनौं मन्दिरका योजना उनको निर्वाचन क्षेत्रमा परेका छन्।

भीमदत्त नगरपालिकाका वडा नम्बर २, ४, ५, ६, १५, १८ र १९ तथा वेदकोट नगरपालिकाको वडा नम्बर ८ उनको निर्वाचन क्षेत्र हो। उनको निर्वाचन क्षेत्रमा ५ देखि २० लाख रूपैयाँसम्मका योजना मन्दिर निर्माणमा छन्। ४ करोड ४२ लाखभन्दा बढी योजना प्रदेशको सामाजिक विकास मन्त्रालयमातहत सामाजिक विकास कार्यालय कञ्चनपुरमार्फत कार्यान्वयन हुने गरि बजेट विनियोजन गरिएको हो।

उनले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ को शिवमन्दिरमा गौराघर निर्माणका लागि १५ लाख, भीमदत्त–४ को सिद्धबाबा मन्दिर निर्माणमा १५ लाख, भीमदत्त–१२ मा सन्त निरंकारी सामुदायिक  भवन निर्माणमा १५ लाख, भीमदत्त–९ को दोगाड भूमिराज गौरा मन्दिरका लागि ७ लाख, भीमदत्त–३ शान्तिटोलमा गोरी महेश्वर मन्दिरको पूर्वाधार निर्माणमा १० लाख, भीमदत्त–३ को विश्वकर्मा मन्दिर पूर्वाधारका लागि १० लाख, भीमदत्त–७ गौरी महेश्वर मन्दिरको पूर्वाधारका लागि १५ लाख, भीमदत्त–१५ को सत्यवादी टोलको गौरादेवी मन्दिर निर्माणका लागि १० लाख विनियोजन गरेका छन्।

उनको निर्वाचन क्षेत्र रहेको भीमदत्त–८ को हुनैनाथ गौराघर मन्दिर निर्माणमा ८ लाख, भीमदत्त–९ जगतनाथ मन्दिर पूर्वाधार निर्माणमा १५ लाख, भीमदत्त–३ को गौरा भवानी मन्दिर निर्माणमा ८ लाख, भीमदत्त–३ को विश्वकर्मा मन्दिर भजन मण्डली भवन निर्माणका लागि १० लाख, भीमदत्त–९ को दोगडा भूमिराज गौरा मन्दिर निर्माणका लागि १२ लाख, भीमदत्त–९ को नौ गाउँफाटा गौरादेवी मन्दिर निर्माणमा १५ लाख बजेट उनले छुट्याएका छन्।

भीमदत्त–९ कै शिवटोलको सिद्धवैजनाथ मन्दिर निर्माणका लागि १०  लाख, भीमदत्त–९ कै कालिका मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–२ को थुनुवा मन्दिर निर्माणका लागि ८ लाख, भीमदत्त–९ को प्राचिन वैजनाथ मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–८ को तिलाचौर गौरादेवी मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–३ को विष्णु मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–१२ को वैजनाथ मन्दिरको पर्खाल निर्माणका लागि ५ लाख, भीमदत्त १० को डाडाबाघ मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–१० कै हुनशिखर मन्दिर निर्माणका लागि १० लाख विनियोजन गरिएको छ।

भीमदत्त–७ को वैजनाथ उदयदेव मन्दिर निर्माणमा १० लाख, भीमदत्त–८ मा गौरादेवी मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–३ को निमौन मन्दिर निर्माणका लागि १० लाख, भीमदत्त–१० डाडाबाघ निर्माणमा ५ लाख, भीमदत्त–७ को पशुपति टोलमा मन्दिर निर्माणमा १० लाख, भीमदत्त–२ को प्रगति टोलमा रहेको शिव मन्दिरको पर्खाल निर्माणमा १० लाख, भीमदत्त–२ को पार्की टोलमा रहेको बैजनाथ मन्दिर निर्माणमा १० लाख रूपैयाँ छुट्याइएको छ।

भीमदत्त–१९ को थुनुवा मन्दिर निर्माणमा १० लाख, भीमदत्त–५ को मष्टा मन्दिर निर्माणमा १० लाख, भीमदत्त–८ को हुनैनाथ मन्दिर निर्माणमा ८ लाख, भीमदत्त–३ को विष्णु मन्दिर निर्माणमा २० लाख, भीमदत्त–१ को वैजनाथ मन्दिर निर्माणमा २० लाख, भीमदत्त–४ को कृष्ण मन्दिर निर्माणमा ८ लाख, भीमदत्त–१ को वैजनाथ मन्दिर निर्माणमा १० लाख, भीमदत्त–१५ को सत्या आदर्श टोलको गोरादेवी मन्दिरका लागि १० लाख विनियोजन गरिएको छ।

अर्थमन्त्री रावलको निर्वाचन क्षेत्रमा रहेको वेदकोट नगरपालिका वडा नम्बर ८ मा पनि मन्दिर निर्माणका लागि बजेट  विनियोजन गरिएको छ। वेदकोट नगरपालिका वडा नम्बर ८ का थुनुवा मन्दिर र कफलासैनी मन्दिर निर्माणका लागि ८/८ लाख बजेट विनियोजन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.