|

सुर्खेत : आठबिसकोट नगरपालिका–३ खदी ढाड रुकुम पश्चिममा माटोको  ढिस्कोमा पुरिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने २४ वर्षीय विष्णु कामी रहेका छन्।

ढुङ्गाखानीमा गिट्टीका लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को भस्किई उनी पुरिएका थिए। उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यालाखतीबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.