|

विराटनगर : रघुपति जुटमिलको मेसिनले हात काट्दा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर १४  का ४२ वर्षीय राजो कामत  रहेको  प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार काम गर्ने क्रममा अचानक मेसिनले बायाँ हात तानि कुमबाटै काटिएर घाइते भएको र उपचारका लागि विराट नर्सिङमा लगिएको थियो। कामतको उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

मृतकको  शव  कोशी अस्पतालको शवगृहमा रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.