|

बारा : जीतपुरसिमरा उपमहानगरपालिकाको छैटौँ नगरसभा स्थगित भएको छ। बहुमत सदस्यले उपस्थितिमा हस्ताक्षर समेत नगरेपछि नगरप्रमुख राजन पौडेलले नगरसभा स्थगित भएको जानकारी गराएका थिए।

शुक्रबार बिहान साढे ११ बजेका लागि तय भएको नगरसभा सञ्चालनका लागि वडा नं. ५ बकुलिया उच्च माध्यमिक विद्यालयमा आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको थियो। एमाले पक्षधर सदस्यहरू ढिलो गरी आएपछि नगरसभा शुरु गर्नै लाग्दा विवाद शुरु भयो। आवश्यक गृहकार्य नगरी हतारमा कागजी रूपमा नगरसभा गर्न नमिल्ने भन्दै विरोध कार्यपालिका सदस्यहरूले जनाएका थिए।

नीति तथा कार्यक्रमबारे छलफल नै नगरी नगरसभा गर्नु नीतिसम्मत नभएको उनीहरूको आरोप थियो।

असार १० गते सम्म नीति तथा कार्यक्रम ल्याइसक्नु पर्ने संवैधानिक व्यवस्थाअनुसार जान नदिएर जीतपुरसीमरा उपमहानगरपालिकाको नेतृत्वलाई असफल पार्ने प्रयास गरेको मेयर राजन पौडेलले आरोप लगाएका छन्।

यसका लागि कार्यपालिका बैठक राम्ररी चल्न नदिने, एजेण्डा बाहिरका विषयमा विवाद उठाउने, उद्दण्डता देखाउने, धम्क्याउने जस्ता व्यवहार प्रस्तुत गर्दै नगरसभा सफल हुन नदिन लागिपरेको मेयर पौडेलले बताए।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.