|

बागलुङ : बागलुङ नगरपालिकाले १ अर्ब ३१ करोड ११ लाख ७९ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको एघारौँ नगरसभाबाट नगर उपप्रमुख राजु खड्काले प्रस्तुत गरेको बजेट चालू आर्थिक वर्षको तुलनामा २६ करोड रुपैयाँ बढी हो।

नगरपालिकाले आर्थिक वर्ष २०७८।०७९ मा १ अर्ब ५ करोड ६८ लाख ३० हजार रुपैयाँ सार्वजनिक गरेको थियो भने यो वर्ष झण्डै २६ करोड रुपैयाँ बढेको छ।

बजेटमा चालूतर्फ ८४ करोड ५२ लाख १२ हजार पाँच सय पुँजीगततर्फ ४५ करोड ३७ लाख २२ हजार पाँच सय र वित्तीय व्यवस्थातर्फ १ करोड २२ लाख ४४ हजार गरी जम्मा १ अर्ब ३१ करोड ११ लाख ७९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

बजेटमा नगरपालिकाले सहकारी विकासतर्फ कुल १० लाख रुपैयाँ, पर्यटन तथा संस्कृतितर्फ कुल २ करोड ९५ लाख रुपैयाँ, उद्यमशीलतातर्फ ४१ लाख रुपैयाँ विनियोजन गरेको छ।  त्यसैगरी शिक्षातर्फ कुल २ करोड ६७ लाख ७२ हजार, युवा तथा खेलकुदतर्फ ३० लाख ५० हजार रुपैयाँ र स्वास्थ्यतर्फ २ करोड ११ लाख ६८ हजार रुपैयाँ विनियोजना गरेको छ।

नगरपालिकाको पूर्वधारतर्फ सबैभन्दा बढी १६ करोड ३८ लाख रुपैयाँ विनियोजन गरेको छ  भने आवास भवन, तथा बस्ती विकासतर्फका लागि २७ लाख रुपैयाँ रकम विनियोजना गरेको छ। नगरपालिकाले एक घर एक धारा कार्यक्रमसहित ८० लाख रुपैयाँ खानेपानीतर्फ  समन्वय र सहकार्यतर्फ २४ लाख रुपैयाँ विनियोजना गरेको उपप्रमुखले जानकारी दिए।

कृषि क्षेत्रको व्यवसायीकरण, विविधीकरण र यान्त्रिकीकरण, उच्च बजार मूल्य भएका कृषि उपज प्रवद्र्धन, कृषक तथा कृषि समूहको प्रोत्साहन तथा पुरस्कार र रायडाँडा कृषि विशेष कार्यक्रम समेत गरी कृषि विकासतर्फ कुल ५२ लाख २५ हजार र पशुपालनतर्फ २१ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ।

नगरपालिकाले पत्रकारको संस्थागत सहयोग कार्यक्रमअन्तर्गत ४ लाख रुपैयाँसहित सुशासन र संस्थागत विकासका निम्ति २ करोड १५ लाख रुपैयाँ विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेटमा वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ कुल १ करोड १४ लाख रुपैयाँ, सामाजिक विकास तथा समावेशीकरणतर्फ ८८ लाख ५० हजार रुपैयाँ, राजस्व तथा करतर्फ ५ लाख रुपैयाँ र न्यायिक समिति तर्फको खर्च१० लाख रुपैयाँ विनियोजन गरेको छ।

नगरपालिकाले चालूतर्फ १५ करोड ६० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ भने पुँजीगत तथा वित्तीय खर्चमा २ करोड ५४ लाख ४ हजार रुपैयाँ विनियोजन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.