|

कास्की : कास्कीको एउटा विद्यालयका सञ्चालक बाल यौन दुरुपयोगको आरोपमा पक्राउ परेका छन्। माछापुच्छ्रे गाउँपालिका-४ स्थित ज्ञान ज्योति इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालक सोही ठाउँका ४८ वर्षका रामचन्द्र शाही पक्राउ परेका हुन्।

सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको थियो। जाहेरीका आधारमा शाहीलाई शुक्रबार पक्राउ गरी बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिकासम्बन्धी कसुरको अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.