|
फाइल फोटो

काठमाडौं : कास्की, पाल्पा, अर्घाखाँची, पश्चिम नवलपरासी, गुल्मी र आसपासका धेरै स्थानमा भारी वर्षा मापन भएको छ।

बाढी पूर्वानुमान महाशाखाले यी जिल्ला भई बहने नदीमा शनिबार आकस्मिक बहाव  हुनसक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गएराति सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे लगायतका धेरै स्थानमा पनि भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार बिहान  देशभर सामान्यदेखि पूर्ण बदली छ। लुम्बिनी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर पूर्ण बदली रहने अनुमान गरिएको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाको अनुमान छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.