|

खोटाङ : रावा बेसी गाउँपालिकाले ४५ वर्षमाथिका विधुर (पुरुष) लाई भत्ता दिने भएको छ। गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको नयाँ आर्थिक वर्ष २०७९\८० नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको छ। 

गाउँपालिकाले दलित जेहेन्दार, विपन्न र बहुमुखी प्रतिभा भएका विद्यार्थी छनोट गरी प्राविधिक शिक्षाका लागि छात्रवृति प्रदान गर्ने, बालिका बचत कार्यक्रम सञ्चालन गर्ने, पूर्णअपांग, अतिअशक्त, ८० वर्ष माथिका ज्येष्ठ नागरिक र प्रसुति हुन लागेका गर्भवती महिलालाई गाउँपालिकाका स्वास्थ्य संस्थामा जान नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने बताएको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९\८० का लागि ३८ करोड ३९ लाख २ हजार २३ रुपैयाँको बजेट ल्याएको छ। उपाध्यक्ष कौशिला कुमारी गुरुङले पेश गरेको बजेटमा गाउँपालिकाको आन्तरिक आयबाट ४० लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।

संघीय र प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँड सात करोड १२ लाख ९३ हजार २३ अनुमान गरिएको छ भने संघीय सरकार वित्तिय समानीकरण अनुदान आठ करोड ३९ लाख र संस्थासँगको साझेदारी कार्यक्रमका लागि एक करोड ५० लाख रकम विनियोजन भएको छ।  वडाका लागि पुँजीगत योजनामा एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.