|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले देशभर प्रशिक्षण अभियान चलाउन आज र भोलि केन्द्रीय प्रशिक्षकलाई प्रशिक्षण दिँदैछ।

काठमाडौंको एक होटलमा सुरु भएको प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट ५५ जना नेता कार्यकर्ताहरु सहभागीका रहेको राप्रपा उपाध्यक्ष एवं प्रशिक्षण विभाग प्रमुख ध्रुव बहादुर प्रधानले जानकारी दिए।

प्रशिक्षक प्रशिक्षणमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको अबको रणनीति विषयमा प्रशिक्षण दिनेछन्।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा कार्यकर्ताहरूलाई प्रशिक्षित गरिने उपाध्यक्ष एवं प्रशिक्षण विभाग प्रमुख प्रधानले बताए।

उपाध्यक्ष प्रधान, पूर्वमन्त्री निरञ्जन थापा, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, प्रवक्ता भक्तिप्रसाद सिटौला, सहायक महामन्त्री रमानन्द न्यौपानेलगायत १४ भन्दा बढी प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम छ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रमपछि प्रदेश तहमा प्रशिक्षण सञ्चालन गर्ने, भ्रातृ संगठनलाई प्रशिक्षण दिने, जिल्ला र क्षेत्रीय तहसम्म प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने राप्रपाको तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.