|

सिन्धुपाल्चोक : जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षको लागि थुनामा रहेका कैदीको मृत्यु भएको छ। सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो। 

शनिबार बिहान रिंगटा लागेर ढलेका गाेलेलाई उपचारको लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद  चौधरीले जानकारी दिए। 

गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो। मृतकको आफन्त आइपुगेपछि पोस्टमार्टम गरिने अस्पताल स्रोतले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.