|

काठमाडौँ : नवौं शताब्दीमा निर्माण भएको प्रतिमा नेपाल फिर्ता भएको छ।

पुरातात्त्विक तारा देवीको प्रतिमा घर फिर्ता भएको हो। अमेरिकाका लागि नेपाली  कार्यवाहक राजदूत म्यानुएल मिकलेर र पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले अमेरिकास्थित येल विश्वविद्यालयको आर्ट ग्यालरीबाट फिर्ता आएको तारा/पार्वतीको प्रतिमालाई नेपालमा स्वागत गरेका हुन्।

उक्त प्रतिमा नवौं शताब्दीको अन्त्य वा दशौं शताब्दीको शुरुतिरको भएको विश्वास गरिएको छ। उक्त प्रतिमा सन् २०१५ मा येल आर्ट ग्यालरीलाई प्रदान गरिएको थियो।

मे ६ मा उक्त ग्यालरीले न्युयोर्कस्थित अमेरिकी कन्सुलर जनरलमार्फत उक्त प्रतिमालाई नेपाल फर्काउने घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.