|
फाइल फोटो

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अझै गठबन्धन आवश्यक रहेको बताएका छन्।

पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले कतिपय दलले अपमान गरे पनि अहिलेको परिस्थितीमा गठबन्धन आवश्यक रहेको बताएका हुन्।

गठबन्धनप्रति हाम्रा धेरै गुनासो भएपनि, कतिपय पार्टीहरुले धोका दिएको भए पनि, कतिपयले अपमान गरेको भए पनि गठबन्धनको आवश्यकता अहिले पनि छ।' नेपालले भने, ‘महानगरपालिका र उपमहानगरपालिकामा हाम्रो पनि उपस्थिती रहेको छ। 

आउने चुनावमा धेरै ठाउँमा उम्मेदवारी दिनुपर्ने भन्दै अध्यक्ष नेपालले त्यसका लागि तयारीमा लाग्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए। 

स्थानीय चुनावमा हामीले २७–२८ प्रतिशत ठाउँमा उम्मेदवारी दिएका रहेछौँ, जहाँ हामीले झण्डै ९ लाख मत पाएका छौं।' उनले भने, ‘सबै ठाउँमा उम्मेदवारी दिएको भए हामीले १५–२० लाख मत पाउँथ्यौँ, त्यसैले जन समर्थनका हिसाबले हामी आत्तिनुपर्ने अवस्था छैन।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.