‘राज्यका सबै निकायमा ओली एकलौटी कब्जा गर्न चाहन्थे’

|
फाइल फोटो

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्ने बेलामा आफ्नो साथ छाड्ने १० भाइप्रति कडा टिप्पणी गरेका छन्। 

पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमालेमा रहेका १० भाइ नेताहरू दास भएर बसेको आरोप लगाएका हुन्। 

उनले भने, ‘हामीले बाध्य भएर विद्रोह गर्नुपरेको थियो। अहिलेसम्मको घटनाले पुष्टि गरिसकेको छ विद्रोह गर्नु जायज थियो। हामीले नगरेको भए कि दास भएर बस्नु पर्थ्यो कि राजनीतिबाट पलायन हुनुपर्थ्यो। अहिलेसम्म कसैको आँखा खुलेको छैन भने आँखा खुलोस्। कथित १० भाइका अभिव्यक्ति सुन्दैछु, अझै पनि उनीहरूको दिमागबाट नशा उत्रेको छैन।’

उनले आफूहरूलाई तथानाम गाली गरेर लेखिरहेका बताए। ‘उनीहरू त्यहाँ दास भएर बसेका छन्, कुनै मूल्य र मान्यता छैन। पदीय गरिमाका सम्मान पाएका छैनन् तर पनि अहिले हामीलाई धारेहात लगाउने दुस्साहस गरिरहेका छन्। धारेहात लगाउने दुस्साहस नगरून्’ उनले भने। 

उनले एमालेबाट विद्रोह गरेर लोकतन्त्र र संविधानको रक्षा गरेको बताए। प्रतिनिधिसभा भंग गर्ने राज्यका सबै निकायमा एकलौटी कब्जा गरेर सत्तामा बस्ने अभिप्रायबाट ओली अघि बढेकाले आफूहरुले विद्रोह गर्नुपरेको बताए। 

लोकतान्त्रिक शक्तिको रुपमा पार्टीलाई स्थापित गर्नुपर्ने बताए। व्यक्तिवादमा लागेर सत्तामा पुगेपछि सत्ता स्वार्थमा लाग्न नमिल्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.