|

धनकुटा : धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका–६ पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर शनिबार दिउँसो दुई किशोरको मृत्यु भएको हो।

पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका ५ का १५ वर्षीय सोर्णिम राई र धनकुटा नगरपालिका २ का १५ वर्षीय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुवै जनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घरबाट सोर्णिम र उदयसँगै गएका धनकुटा नगरपालिका ५ का सन्देश राई भने सकुशल रहेका छन्।

घरबाट बिहान ६ बजे निस्केर हिँड्दै ११ बजे पोखरीमा पुगेको र पौडी खेल्ने क्रममा हराएपछि नजीकै बस्तीमा गएर मान्छे बोलाएर ल्याई डुविरहेका दुवैलाई निकालिएको थियो। निकालिएर उपचारको लागि धनकुटा अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.