|

काठमाडौं : प्रस्तावित  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्जवल थापासँगै विवेकशील नेपाली दल स्थापना गर्ने संस्थापक नेता पुकार बमबीच भेटघाट भएको छ। 

शनिबार  कलाकार निर्मल शर्माको समन्वयमा भएको हो। बमले आफ्नो सामाजिक सञ्जालबाट जानकारी दिएअनुसार दुईबीच विवेकशील अभियान, युवाहरूको स्वतन्त्र उम्मेदवारी अभियान र लामिछानेको नयाँ पार्टीको बारेमा गहन छलफल भएको थियो।

काठमाडौं क्षेत्र- १ मा पुकारको उम्मेदवारीलगायत आगामी निर्वाचनको बारेमा समेत प्रारम्भिक छलफल भएको थियो।

पुकार बमले काठमाडौं-१ बाट केही दिनअघि उम्मेदवारी दिने घोषणा गरेका थिए। दुई नेताबीच छलफल सकारात्मक भएको र सहकार्य गर्दै अघि बढ्ने बारे छलफल भएको बुझिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.