|

धनगढी : नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठक आइतबारसम्म चल्नेछ। पार्टीभित्र मन्त्री हेरफेरको मुद्दा पेचिलो बनिरहेका बेला पार्टीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले भने धनगढी पुगेका छन्।​​

धनगढी विमानस्थलमा राप्रपा नेपालका अध्यक्ष कमल थापासँगै देखिएका आले शनिबारै गृह जिल्ला डोटीतर्फ लागेका छन्। आले र थापालाई विमानस्थलमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले स्वागत गरेका थिए।

राप्रपा नेपालका अध्यक्ष थापा पार्टीका कार्यकर्तासँग सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरक्रिया गर्न यहाँ आइपुगेको राप्रपा नेपाल कैलालीका नेताहरुले बताएका छन्। यस्तै पर्यटनमन्त्री आले भने धनगढी विमानस्थलमा बनाइएका विभिन्न संरचनाको शिलान्यास गर्न धनगढी आएको बताइएको छ।

उनी गृह जिल्लाबाट फर्किएपछि कार्यक्रम हुने विमानस्थल कार्यालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.