|

काठमाडौं : वरिष्ठ लोकदोहोरी गायक अमर विरही गुरुङलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ। दोस्रो ‘राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०७८’ मा गुरुङलाई सम्मान दिन लागिएको हो।

अवार्ड राष्ट्रिय नाचघर जमलमा आइतबार आयोजना हुँदै छ। आयोजक ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिले एक विज्ञप्ति जारी गर्दै अवार्डको तयारी पूरा भएको जनाएको छ।

समारोहमा ‘दशक कलाकार सम्मान’ करण न्यौपाने, ‘युवा प्रतिभा सम्मान’ सनम कठायत, ‘पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, ‘गीतकार सम्मान’ बी पाण्डे र ‘विशेष सम्मान’ आइटी राजेन्द्र अर्याललाई प्रदान गरिनेछ।

चलचित्र लोक, आधुनिक, लोकदोहोरी लगायत गीतसङ्गीतका गीत, गायक, गायिका, म्युजिक भिडियो, मोडल, निर्देशक, सङ्गीत, शब्द , सम्पादक लगायत विभिन्न ४४ विधा समेटिएका अवार्ड निष्पक्ष बनाउने उद्देश्यले कार्यक्रम अगाडि आयोजकले जुरी सदस्य भने सार्वजनिक गरेको छैन।

४० प्रतिशत भोटिङ, ५० प्रतिशत निर्णायक र १० प्रतिशत आयोजकको नम्बरको आधारमा अवार्ड विजेता छानिने कार्यक्रमका निर्देशक सुनिल बिसीले जानकारी दिए। अवार्ड समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल समेत अवार्ड समारोहमा सहभागी हुँदै छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.