५० वर्ष पुरानो फैसला उल्टियो

|

वासिङटन : अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिने पाँच दशक पुरानो फैसला उल्टाएको छ। योसँगै अमेरिकामा गर्भपतनको ५० वर्ष पुरानो संवैधानिक संरक्षण समाप्त भएको छ।

अब अमेरिकाका सबै राज्यले गर्भपतनको अधिकारलाई लिएर छुट्टाछुट्टै नियम बनाउनेछन्। अमेरिकामा सन् १९७३ को फैसला सर्वोच्च अदालतले गर्भपतनलाई संवैधानिक अधिकार दिएको थियो। 

सर्वोच्च अदालतले संविधानले गर्भपतनको अधिकार नदिने फैसला गरेको छ। उनले गर्भपतन नियमन गर्ने अधिकार जनता र निर्वाचित जनप्रतिनिधिलाई फिर्ता गरेको पनि स्पष्ट पारे। बहुमतको निर्णय सुनाउँदै न्यायाधीश स्यामुअल अलिटोले भने, ‘गर्भपात गम्भीर नैतिक विषय हो। यसमा अमेरिकीहरूले तीव्र विरोधाभासपूर्ण विचार राख्छन्। संविधानले प्रत्येक राज्यका नागरिकहरूलाई गर्भपतनलाई नियमन वा निषेध गर्न रोक्दैन।’

गर्भपतन अमेरिकामा नियमित र सुरक्षित स्वास्थ्य हेरचाह प्रक्रिया मानिन्छ। अमेरिकामा हरेक चारमध्ये एक महिलाले गर्भपतन गर्छन्। सन् २०२१ मा गरिएको सर्वेक्षणमा ८० प्रतिशत अमेरिकीले धेरै अवस्थामा गर्भपतनलाई समर्थन गरेको बताइएको थियो।

गर्भपतनका आलोचकहरूले यो प्रयास गर्भपतनका क्षेत्रमा नयाँ शुरुवात भएको बताएका छन्। रिपब्लिकन पार्टीका सांसदहरूले गर्भपतनमा प्रतिबन्ध लगाउने कानून बनाउने रणनीति बनाइरहेका छन्। जसमा देशभर ६ हप्ता पुगेको गर्भपतनमा प्रतिबन्ध लगाइनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.