|

दार्चुला : मार्मा गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई रु १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने भएको हो।

गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भई गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेकाे एक उत्कृष्ट विद्यार्थीलाई एमबीबीएसमा छात्रवृत्ति उपलब्ध गराइने भएकाे छ।

गाउँपालिकाले स्तरोन्नति भएर १० शैय्याको अस्पतालको रुपमा स्तरवृद्धि भएको लटिनाथ स्वास्थ्य चौकीमा अढाई वर्षभित्र भवन निर्माण गर्ने भएको छ।

गाउँपालिका भित्रका स्वास्थ्य चौकी भवन दुई वर्षभित्र निर्माण सम्पन्न हुने नीति तथा कार्यक्रममा उल्लेख छ।

अस्पतालको प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टललगायत सुविधा सुदृढीकरण गर्दै लग्ने उल्लेख छ। हरेक गाउँमा विशेषज्ञसहितको घुम्ती सेवा सञ्चालन गरिने गाउँपालिकाले नीति लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.