|

काठमाडौं : वेल्सका कप्तान ग्यारेथ बेल अमेरिकी एमएलएस क्लब लस एन्जेलस जान सहमत भएका छन्।  

२९ वर्षीय बेल फ्रि एजेन्टमा एलएमा जाने पक्का भएको बिबिसीले जनाएको छ।  स्पेनिस क्लब रियल म्याड्रिडमा ९ सिजन बिताएका उनले गत महिना नै क्लब छाड्ने घोषणा गरेका थिए। पछिल्लो समय टिममा पर्न संघर्षरत देखिएका बेल अब अमेरिकी क्लबमा प्रतिस्पर्धा गर्ने छन्। 

पाँच पटकको च्याम्पियन्स लिग विजेता बेल आफ्नो पूर्व क्लब टोटेनहम हटस्पर वा घरेलु क्लब कार्डिफमा अनुबन्ध हुने चर्चा चलेको थियो। एलएलले अझै पनि बेलको बारेमा आधिकारीक केहि उल्लेख गरेको छैन्। तर, बेलले शनिबार ट्वीट गर्दै ‘लस एन्जलस, चाँडै भेटौँ।’ लेखेका छन्।  बेलले सन् २०१३ मा रियल म्याड्रिडमा कीर्तिमानी ८५ मिलियन पाउन्डमा आबद्ध भएका थिए।  अधिकांश खेलाडी चर्चित लिग पछिको रोजाइ अमेरिकी क्लब बन्दै आएको छ। यसै महिनाको शुरुमा इटालीका डिफेन्डर जर्जियो चिलिनीपनी एमएलएस जाने निर्णय गरेका थिए। 

वेल्स २०२२ को विश्वकपमा छनोट हुन नसकेको अवस्थामा खेल जीवनबाट सन्यास लिने अनुमान गरिएको थियो । तर, रोबर्ट पेजको टोलीले यस महिनाको शुरुमा विश्वकप प्ले अफको फाइनलमा युक्रेनलाई हराएर एतिहासिक रुपमा कतार विश्वकपमा स्थान पक्का गरेसँगै बेलको भविष्य पनि लम्बिएको हो। 

बेलका एजेन्टले यस हप्ताको शुरुमा च्याम्पियनसिप क्लब कार्डिफसँग छलफल गरेको बताएका थिए।  तर, अहिले एमएलएस जाने तय भएको उनले बताए।  एमएलएस फेब्रुअरीदेखि अक्टोवरसम्म चल्छ।  एमएलएसको खेलाडी सरुवा भने  ७ जुलाईमा खुल्ने छ।

लस एन्जलस अमेरिकाका पुर्व अन्तर्राष्ट्रिय स्टिभ चेरुन्डोलोद्धारा व्यवस्थित गरिएको क्लब हो। एलएले लगातार १९ सिजन एमएलएस खेलिसकेको छ।  एमएलएसको सिजनको अन्त्यपछि प्ले अफ हुनेछन्।  एमएलएल कप फाइनल ५ नोभेम्वरमा हुनेछ। त्यसको १६ दिनपछि विश्वकप शुरु हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.