|

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन्।

आज विहान संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म पुस्तक विमोचन गदै सभामुख सापकोटाले नागरिकता विधेयक अड्किएका कारण आफूकहाँ दर्जनौँ ‘डेलिगसन’ आएको समेत बताए। 

‘दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको छ। यही सदनबाट पास गर्नुपर्छ। आठवटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ’, उनले भने, ‘प्रस्ट भाषामा भन्दा काम गर्न नपाएर उकुसमुकुस भएको थियो। संसद्लाई जीवन्त बनाउने संकल्प हामीले लिएका छौँ।’

उनले गुणस्तरीय कानुन निर्माण गर्नेबाहेक आफूहरूको कुनै स्वार्थ नभएको बताए।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.