|

काठमाडौँ :  बागमती प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री डाक्टर अजय क्रान्ति शाक्यले मूर्त–अमूर्त सम्पदाको संरक्षणमा आफू निरन्तर  लागेको बताएका छन्। 

बागमती प्रदेश सरकारको विषयगत मन्त्रालयअन्तर्गत तत्कालीन उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका लागि आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित रकम पचास लाखबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ९ (क) अन्तर्गत का काठमाडौँ महानगरपालिकाका वडा   १२,१४,२१ र २२ मा रहेका ४४ वटा विभिन्न बाजा खलःहरुलाई बाजा हस्तान्तरण  गर्दै  सो कुरा बताएका हुन्। 

काठमाडौँ मात्रै होइन बाग्मती प्रदेशका मूर्त–अमूर्त सम्पदा संरक्षणमा म निरन्तर लागिरहने छु।  म छोटो समय मन्त्री रहँदा पनि मैले मेरो मन्त्रालयको क्षेत्राधिकारसँगै सम्पदा संरक्षणको क्षेत्रमा समेत केही प्रयासहरु गरेको थिएँ।  अझ काठमाडौँ महानगर भित्रका १२,१४,२१ र २२ मेरो निर्वाचन क्षेत्र रहेका वडा पनि हुन्। त्यसैले यहाँको संम्पदा संरक्षणमा अझ बढी योगदान गर्नु  आफ्नो दाइत्व भएको उनको भनाइ छ। 

शाक्यको प्रमुख आतिथ्यतामा ४ वटा वडामा रहेका ४४ धिमे बाजा खलः, गुँला बाजा खलः , नायखिं बाजा खलः र भजन मण्डल सहितका परम्परागत बाजा सञ्चालन गरी आएका खलःहरुलाई मेधा नेपाल काठमाडौँ महानगरपालिका २१ को व्यवस्थापनमा ती बाजाहरू हस्तान्तरण गरिएको हो।  बाजागुरुहरुले पनि संम्पदा संरक्षणमा योगदान गरेको भन्दै प्रशंसा  व्यक्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.